नियम ४८
कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
: प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई देहायका काम गर्नु हुदैन ः-
(क) कुनै बैंक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन,
(ख) प्रचलित कानून बमोजिम दर्ता गराउनु पर्ने कुनै व्यापार वा व्यवसाय गर्न,
(ग) अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न ।